मार्च १९ तारिख चाइना मिडिया ग्रुप अर्थात सीएमजीद्वारा आयोजित "वसन्तको चीन: चीनद्वारा विश्वलाई साझा अवसरहरू प्रदान" विषयक विश्वव्यापी संवाद कार्यक्रम कतारको दोहामा आयोजना गरिएको छ। कार्यक्रमलाई चिनियाँ केन्द्रीय प्रचार विभागका उप-प्रमुख एवम् सीएमजीका महानिर्देशक शन हाईस्योङले भिडियो सन्देशमार्फत सम्बोधन गर्नुभएको छ। कतारका लागि चिनियाँ राजदूत छाउ स्याउलिन र कतार मिडिया शहरीय व्यवसाय विकास निर्देशक, एशोसिएशन अफ अरब पब्लिशर्सका महासचिव, कतार हमाद विश्वविद्यालयअन्तर्गत मध्यपूर्व अध्ययन विभागका प्रमुखलगायत राजनीतिक, व्यापारिक, प्राज्ञिक र मिडिया क्षेत्रका लगभग १०० जना प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुँदै चीनको उच्च गुणस्तरीय विकास र खुलापनबाट कतारका लागि ल्याएको अवसर र चीन-कतारबीच व्यवहारिक सहयकार्यलगायत विषयबारे छलफल गरेका छन्।
20-Mar-2025
केही दिनअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले क्वै चौ प्रान्तको छ्येन दक्षिण-पूर्वी म्याउ जातीय र तोङ जातीय स्वशासित प्रदेशको चाउ सिङ तोङ जातीय गाउँको निरीक्षण गर्नुभयो। गाउँको प्रवेशद्वारमा जातीय पोशाक लगाएका गाउँलेहरूले करिब २,५०० वर्षसम्म फैलिएको तोङ जातीय महान् गीत गाएर उहाँको स्वागत गरेका थिए।
20-Mar-2025
प्राप्त जानकारीअनुसार, आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी)बाट प्रकाशित पछिल्लो मध्यमकालीन आर्थिक परिदृश्य प्रतिवेदनले विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमानलाई घटाएको छ। केही देशहरूले हालै चालेका व्यापार अवरोध कमदले विश्व अर्थतन्त्रको वृद्धि गतिलाई प्रभावित गरेर मुद्रास्फीति बढाएको विचार गरिएको छ।
20-Mar-2025
मार्च २० तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले चीनमा क्यानडाका नागरिकलाई लागूऔषधको अपराधमा मृत्युदण्ड दिइएको विषयसम्बन्धी प्रश्नको जवाफ दिनुभएको छ।
20-Mar-2025
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ यम्फुदिन स्थित नयाँ झोरेनीमा चौँरी तथा याक प्रदर्शन हुने भएको छ। तीन हजार ३०७ मिटर उचाइमा रहेको नयाँ झोरेनीमा आगामी वैशाख १४ र १५ गते चौँरी तथा याक प्रदर्शन हुने भएको छ।
20-Mar-2025